सुन तस्करको बयान : ‘गाडीबाट निस्किएर प्रहरीलाई झोला दिएर भागेका हौँ’

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मंलगबार प्रहरीले कमलादीमा फेला पारेको १४ किलो सुनमध्ये आधा किलो सुन र साढे १४ किलो चाँदी र २ थान पेस्तोल रहेको सार्वजनिक गरेको थियो ।

कमलादीको प्रहरी चेक प्वाइन्टमा बा ६च ५५१९ नम्बरको स्कार्पियो गाडीले सुन भएक झोला र पेस्तोल फ्यालेर भागेको जनाइएको थियो । तर, घटनाको अनुसन्धान चलिरहँदा सो झोला तस्करले फालेर भागेको नभई प्रहरीलाई बुझाएर हिडेको खुलेको छ । प्रहरीलाई झोला दिएर भाग्नेमध्ये ३ जना नवलपरासीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेल रहेको प्रहरीले जनाएको छ ।

यस्तै, उनीहरूलाई भगाउने ट्याक्सी चालक सन्दीप गुरुङ पनि प्रहरीको नियन्त्रणमा छन् । उनीहरुमध्ये मिदेश सकियाले चेक प्वाइन्टमा रहेका प्रहरीलाई झोला बुझाएको अनुसन्धानबाट खुलेको छ ।

सकियाले बयानमा भनेका छन्, ‘म गाडीको अगाडि सिटमा थिएँ । पछाडि सञ्जय पटेल थियो । चालक राजु भन्ने थिए । प्रहरीले पिछा गरेको मलाई थाहा थिएन । मेरो साहुलाई थाहा भएको हुुनुपर्छ’, उनले भनेका छन्, ‘हामीलाई यो झोला दिएर तिमीहरू पब्लिक गाडीमा आउनू भने । गाडीबाट निस्किएर प्रहरीलाई झोला दिएर हामी भागेका हौँ ।’