‘विदेशमा दर्ता भएका कम्पनीमा शेयर नहाल्नु’


काठमाडौं, (नेस)
नेपाल धितोपत्र बोर्डले विदेशमा दर्ता भएका कम्पनीमा लगानी नगर्न आग्रह गरेको छ । बोर्डले बुधबार सूचना जारी गर्दै विदेशमा दर्ता भएका सगुन इन्कर्पोरेशन जस्ता अन्य कम्पनीको शेयरमा लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको हो ।

अमेरिकामा दर्ता भएको सगुन डटकमले नेपालका लगानीकर्तालाई लक्षित गरी आईपीओ जारी गरेसँगै बोर्डले यस्तो आग्रह गरेको हो । भनेको छ ।

बोर्डको स्वीकृतबिना नेपालमा धितोपत्रको निष्काशन गर्ने काम गैरकानुनी भएको उल्लेख गर्दै त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्यवस्थाबाट लगानीकर्ताहरूको हित संरक्षण नहुने बोर्डले जनाएको छ ।

बोर्डद्वारा जारी विज्ञप्तिमा ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २७ (१)मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनुपर्ने र दफा २९ (१) मा संगठित संस्थाले एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने’ कानुनी व्यवस्था रहेको स्मरण गराएको छ ।