नेपाल प्रहरीको प्रवक्तामा एसएसपी कुवेर कडायत नियुक्त

0
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायत नियुक्त भएका छन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यलयले बुधबार जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कडायतलाई मोबाइल नम्बर ९८५१२-९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।