ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर थप


काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंकले सुर्खेतको बड्डीचौरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै सुर्खेत जिल्लाको बराहताल गाउँपालिका– ५, बड्डीचौरमा बैंकिङ सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउन्टर शुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७० वटा जिल्लामा फैलिएको शाखा सञ्जालसहित २३३ एटीएम, ३९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २०१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्र्पक कार्यालय मार्फत आफ्ना १९ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।