सानिमा बैंकको डिजिटल काउन्टर सञ्चालनमा


काठमाडौं, (नेस)
सानिमा बैंकले मंगलबारदेखि डिजिटल काउन्टर सञ्चालनमा ल्याएको छ । अब डिजिटल काउन्टरमार्फत सानिमा बैंकका ग्राहकले चेकबिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो ई बैंकिङ’ बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्यूआर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।

ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रियाबिना सिधै डिजिटल काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको बैंकको दाबी छ । यो सेवा हाल बैंकको प्रधान कार्यालय नक्सालबाट शुरु गरिएको र समयअनुसार यो सेवामा थप सुविधा समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।