सगुनको ठगी धन्दा अन्तत: छताछुल्ल, लगानी नगर्न धितोपत्र बोर्डको आह्वान !


काठमाडाैं । विज्ञापन संघकै एक पधाधिकारीको विज्ञापन एजेन्सीलाई ‘दलाल’ बनाएर केहिमुट्ठीभरका मिडियालाई चुप लगाएर नेपालमा चलिरहेको सगुनको ठगी धन्दा अन्तत: छताछुल्ल भएको छ । केहि मिडियाहरुलाई प्रयोग गरेर गैरकानुनी सगुनमा लगानी गर्न नेपालीहरुलाई आव्ह्वान गरिएको थियो ।

तर त्यस्ता कम्पनीहरुमा लगानी नगर्न नेपाल धितोपत्र बोर्डले सूचना नै जारे गरेर सबैलाई सचेत बनाएको छ । यसअघि पनि यो ठग कम्पनीले थुप्रै नेपालीहरुलाई ठगेको थियो । थुप्रै नेपालीहरुलाई ठगेपछि सगुनले सगुन नभई ‘ठगुन’को उपनाम पाएको थियो ।

पछिल्लो समय सगुनले गलत नियतका साथ नेपालबाट मिनी आईपीओको नाममा प्रचारप्रसार गर्दै हुण्डी कारोबार गरेको भन्ने सुचानाको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले जानकारी दिए ।

‘नेपालबाट नेपाली मुद्रामा नेपालीले सगुनको मिनी आईपीओमा आवेदन नै दिन पाउँदैनने भने के स्वार्थले उसले नेपालमा आएर प्रचार प्रसार गरिहेको छ ?,’ उनले भने, ‘सगुनको नियतमाथि नै शंका उपन्न भएको छ तसर्थ उसले मिनी आईपीओको नाममा हुण्डी कारोबार गरेरको आशंकामा छानविन प्रक्रिया अघि बढाएका छौं ।’ सो विषयमा महानगरीय अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गरिरहेको समेत उनले जानकारी दिए ।

अमेरिकामा स्थापना भएको सगुनले नेपाल र भारतमा अफिस नै स्थापना गरेर आईपीओ बिक्रीका लागि प्रचारप्रसार गर्दै आएको छ । तर उक्त आईपीओमा नेपाल, उत्तर कोरिया र इरानबाट लगानी गर्न प्रतिविन्ध छ । जुन देशबाट सगुनको आईपीओमा लगानी गर्न पाईदैन उही देशमा बढी प्रचारप्रसार गर्नु भनेको पक्कै पनि कुनै रहस्य रहेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यसैगरी सगुनले आफ्नो आम्दानीको १० प्रतिशत रकम मात्र लगानी गर्न आग्रह गर्दै आएको छ । यदि कुनै कम्पनी नाफामा जान्छ, त्यसले राम्रो प्रतिफल दिन्छ भने किन त्यसमा आम्दानीको १० प्रतिशतको सीमा राखियो ? मिनी आईपिओबाट सेयर निष्कासन गर्ने कम्पनी धेरै जोखिमपूर्ण हुन्छ । यस्तो कम्पनीको धेरै आधिकारिक कागजात र वित्तीय बिबरणहरु उपलब्ध हुँदैन भने यस्ता कम्पनीको क्रेडिट रेटिंग पनि भएको हुँदैन र भएपनि धेरै निम्नस्तरको हुन्छ । यस्तो अवस्थामा सगुनलाई कुनै बैंकले ऋणको लागि नपत्याउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।