पूर्व रथी कुलबहादुर खड्काको निधन

0
Shares

काठमाडौ । पूर्व रथी कुलबहादुर खड्काको आज अपरान्ह निधन भएको छ ।केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिका पूर्व रथी खड्काको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उहांको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुंदा बहालवाला प्रधानसेनापति रुक्माङगत कटवाललाई हटाएर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गरेपछि राष्ट्रपति डा. रामबरण यादवले हस्तक्षेप गरेर कटवाललाई नै प्रधानसेनापति भएको भन्दै अडान लिएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा दिनु भएको थियो ।