नेकपाको स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगित

0
Shares

 

काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक बिहान ११ बजे बस्ने भनिएको थियो ।

पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै बैठक स्थगित गरिएको थियो ।