पहिरोमा दम्पत्ति पुरिए, छोरा भागेर बांचे

0
Shares

दार्चुला । दार्चुलाको दहुँ गाउँपालिका–३, सल्लीमा गए राति पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । एक जना भने भागेर बाच्न सफल भएका छन ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टका अनुसार गएराति पहिरो खस्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा पुरिएर बेपत्ता भएका छन ।
उनको छोरा भने भागेर बाच्न सफल भएका छन ।