पक्कीपुलले आवतजावतमा सहजता


घनश्याम बगाले, नवलपरासी । 

पूर्वी नवलपरासीको कावासोती नगर पालिका वडा नं ४ र ५ जोड्ने केरुड.गे खोलाको पक्की पुल यसै वर्षा देखि संचालनमा आएको छ ।
एडभेन्चर कम्पनीले बनाएको १ सय २० मिटर लामो पुलको निर्माण चरणमै यहांका छिपछिपे, हसौरा, जुगेपानी र गिरुवारी सम्मका मानिसलाई आवत जावत गर्न सहज भएको हो ।

निर्माण कम्पनीले पुलको मुख्यकाम सकिएको र सामान्य कामहरु मात्र गर्न बाकि रहेको जनाई रहदा स्थानीेयमा भने कम्पनीले काम अधुरै छाडेर हिड्छ की भन्ने संका उब्जिएको छ ।

कावासोती ५ का वडाध्यक्ष हरि प्रसाद बास्तोला स्थानीयलाई राखेर गरिएको डिपिआरमा पुलको दुवै छेउमा तल २ सय ५० र माथि २ सय ५० मिटर ड्याम निर्माण गर्नु पर्नेमा निर्माताले ५० मिटर मात्र छेकबार लगाएको बताउनुहुन्छ ।

बर्षादमा ठूलो बाढी जाने यस खोलामा ५० मिटरको ड्यामले थेग्न नसकी खोला पुल भन्दा बाहिरबाट छेउ लाग्न सक्ने हुदा निर्माण कम्पनी र नियमक निकायले बेलैमा ध्यान दिनु पर्ने बास्तोलाको भनाई छ ।

बर्षौ देखि केरुंगेको बहाव भोगेका स्थानीय बासिन्दा वर्षेनी खोलाको बाढीले धार परिवर्तन गर्दा करोडौंको लगानीमा बनेको पक्की पुलको दिगोपन प्रति चासो ब्यक्त गरेकाछन् ।

वडाध्यक्ष बास्तोलाले भन्नु भयो ११ मिटरको पुलमा दायां बायां साघुरो वाल उठाईनु नमिल्दो देखिन्छ, जुन सुरक्षा सतर्कताका दृष्टिले खतारापूर्ण रहेको छ ।

यसै सम्वन्धमा सडक डिभिजन कार्यालय बुटवलका प्रमुख डिभिजनल ईन्जिनियर मेघराज मरासिनीले पुल निर्माणको काम सम्पन्न भै नसकेकोले स्थानीयको आवाज लाई सम्वोधन गरेर मात्र निर्माण कम्पनीको काम पुरा हुने बताउनु भयो ।

हाल यस खोलामा सडकको पहुच र पायकका हिसाबले समान प्रकृतिका थप २ वटा पुलहरु निर्माणको चरणमा रहेकाछन् । कुनै बेला खोलामा एउटा पनि पुल नहूदा वर्षा याममा खोला तर्ने क्रममा बर्षेनी जनधनको क्षति हुने गरेको स्थानीय युवा गोपी भुसालले बताउनु भयो ।

यसै खोलामा निर्मित कोईलापानीको झोलुड.गे पुलले कावासोतीको हात्तिखोर, पोखरीताल लगायत हुप्सेकोटका शंखदेव, कुटे, चारघरे सम्म माथिल्लो क्षेत्रका बासिन्दालाई सुविधा दिई रहेको छ ।

पूर्वी नवलपरासीको पहाडी तथा तराईका बासिन्दालाई सदरमुकाम कावासोती सम्म आउन र प्रशासनिक काम सकेर फर्कन पुलले सहजता थपेको शंखदेवका नरसिं कानुड.गले बताउनु भयो ।

केही वर्ष अघि सम्म खोलामा पुल नहुदा छुट्टै भू वनोटको लाग्ने हसौरा, छिपछिपे अहिले पूर्वी नवलपरासीको सदरमुकाम कावासोती संगै समानान्तर विकासमा अगाडी बढेको छ ।

उत्तर तर्फ रहेको शिवालिक पहाड, हरियाली वन जंगल र हिउंद वर्षा सिंचाई दिने केरुड.गे खोला, यहांको भूःस्वर्गका गहना बनेकाछन् ।