कालीगण्डकीमा पानीको बहाव यस बर्षकै उच्च, पर्वतमा उच्च सर्तकता


दुर्गाप्रसाद शर्मा,पर्वत ।

उपल्लो क्षेत्रमा परेको भारी बर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाब बढेपछि तल्लो क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । म्याग्दी तथा मुस्ताङ्गको तल्लो क्षेत्रमा भएको भारी बर्षाका कारण कालीगण्डकी र म्याग्दीखोलामा बहाब बढेपछि पर्वतको वारी बेनी देखि सेतीबेणी सम्म उच्च सर्तकता अपनाइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार नदी उर्लेर आएका कारण मालढुंगा, सेतीबेणी, वारीबेनी लगायतका किनारमा मानवीय क्षति नहोस भनेर सबैलाई सर्तक बनाइएको छ । नदी किनारमा बालुवा निकाल्ने र दाउरा छोप्नेहरु बढी जोखिममा पर्ने भएकाले उनीहरुलाई प्रहरी परिचालन गरेर सर्तक गराइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।

कालीगण्डकीको बाढीले पर्वतमा अहिले सम्म क्षति पु¥याएको बिबरण आएको छैन तर वारीबेनी लगायतका क्षेत्रमा कटान र डुबानको खतरा बढेको छ । स्थानिय युवा बिज्ञानराज शर्माका अनुसार बहाब अहिले सम्मकै सबैभन्दा उच्च देखिएको छ । सबैलाई सतर्क रहन भनिएको उहाँले बताउनुभयो ।

बाढीले म्याग्दीमा भने धेरै क्षति पु¥याएको छ ।अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरनामा पानीको सतह बढेसँगै झरनाको बहाबले एक होटल, रुप्सेको पुलमा क्षती पु¥याएको छ । बेनी–जोमसोम सडकखण्ड दुई हप्ता देखि बन्द छ । काभ्रेभीरमा निरन्तर पहिरो गएका कारण यातयात सुचारु गराउन सकिएको छैन । आइतबारको बर्षाका कारण रुप्से आसपासमा ठूलो क्षती भएको पुगेको छ ।

केहीदिन पहिले कालीगण्डकी नदीमा पानीको सतहले २७ वर्ष यताकै उच्च बिन्दु पार गरेको थियो । अहिले त्यो भन्दा बहाब बढी भएको बेनीबजारका बासिन्दा शर्माले बताउनुभयो । २०५० साल साउन महिनामा कालीगण्डकी नदीले ९ गेज मिटरको उचाइ छोएको थियो , त्यसको ठिक २७ वर्ष पछि असार २६ गते उक्त विन्दु पार गरेको कालीगण्डकीमा गेज मिटर मापन (पानीको वहाव माप) गर्ने गेज रिडर कृष्णबहादुर सुवेदीले बताउनुभयो ।

प्रत्येक वर्ष कालीगण्डकी नदीले वर्षा याममा पानीको बहाव बढ्दा सरदर ७ देखि ८ गेज मिटरको उचाइ छुने गरेको छ । कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वत, गुल्मी र स्याङजाको सिमानामा पर्ने सेतीबेणीबजार सबैभन्दा बढी खतरामा परेको छ ।

कालीगण्डकी ए जलबिद्युत आयोजनाले बनाएको जलासयको सतह बढ्दै जाँदा बाढीको समयमा बजार र बिश्वकै सबैभन्दा ठुलो शालिग्राम शिला पनि डुबानमा पर्दै आएको छ । सेतीबेणी बजारलाई डुबानबाट बचाउन कालीगण्डकी ए जलबिद्युत केन्द्रको बाँधका सबै ढोका खोलिएका छन ।

कालीगण्डकी नदीका दुबै किनारमा कालीगण्डकी करिडोर लोकमार्ग निर्माण भैरहेको छ । कालीगण्डकी र सहायक नदी तथा खोलाहरुमा पनि सडकमा खनिएको ढुंगा, बालुवा र माटो यही जलासयमा आएर भरिने थुप्रिने भएकाले थप जोखिम भएको बढेको छ । नदीको सतह नै बढेका कारण पानी पर्दा जोखिम रहेको सेतीबणेणीका स्थानिय टेकबहादुर थापाले बताउनुभयो ।