दार्चुलामा पहिरोले घर बगाउँदा आमाछोरी बेपत्ता, तीन घरमा क्षति

0
Shares

न्युज अफ नेपाल, दार्चुला ।

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले घर बगाउँदा आमाछोरी बेपत्ता भएका छन् ।

आइतबार बेलुका आएको पहिरोमा परी नौगाड ६ की ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी रेवती ठगुन्ना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेपत्ता उनीहरुको खोजी भइरहेको छ ।

सो पहिराले एक विद्यालय भवन, कुखुरा फर्म, पानी घट्ट र स्थानीयको गोठमा रहेका गाईबाख्रा बगाएको छ भने तीनवटा घर क्षतिग्रस्त भएका छन् ।