आज दिनभर वर्षा हुने, बाढीपहिराको सम्भावना, सतर्कता अपनाउन आग्रह

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

उपत्यकालगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा भइरहेको छ ।मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, २, ३, ५, का केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा हुने र बुधबार देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।