पहिरो झर्ने क्रम नरोकिँदा तानसेन-बुटवल सडकखण्ड अनिश्चितकालीन रुपमा अवरुद्ध

94
Shares

कविराज नेपाल, पाल्पा ।

वर्षा याममा त स्वभाविकै हो हिउदयाममा पनि माथिबाट ढु्ङ्गा र पहिरो झरेर मृत्यू मार्गका रुपमा परिचित साथेै बर्षायाममा पहिरोको कारण अवरुद्ध भइरहने सिद्धार्थ राजमार्गको वुटवल तानसेन सडकखण्ड शनिवार देखि अनिश्चित कालका लागि वन्द भएको छ ।

सुक्रवार राती देखि गएको पहिरो पन्छाउने क्रम जारी रहे पनि पहिरो खस्ने क्रम नरोकिएकाले अनिश्चित कालका लागि वाटो वन्द भएको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुनःपहिरो खसेको र पहिरो पन्छाउने प्रयास जारी रहे पनि पहिरो पन्छाउन सकिएको छैन । शुक्रबाररातिदेखि सडक माथिबाट खसेको पहिरोका कारण बिहानैदेखि यातायात अवरुद्ध भएको छ, भने नालीमा रहेको ट्रक समेत पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिवार दिउसो निकै प्रयास पछि वुटवलबाट स्याङ्जा सामान लिइ हिडेको लु १ ख ११७५ नम्बरको मिनी ट्रक निकालिएको प्रहरी नायव उपरिक्षक मदन गिरीले वताउनु भयो । ट्रकमा रहेका चालक र सहचालक भने जसोतसो वाहिर निस्केका कारण मानवीय क्षति भने हुन पाएन ।

यस क्षेत्रमा खसेको पहिरोले शुक्रबार पनि सडक अवरुद्ध बनेको थियो । दिउँसो डोजर, स्काभेटर प्रयोग गरी सडक सुचारु गरिए पनि राति परेको अविरल वर्षले पुन पहिरो खसेको थियो । पहिरो खसिरहेका कारण पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । पहिरो पूर्ण रुपमा हटाउन अझै केही दिन लाग्न सक्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले सबैलाई आग्रह गरेको छ । राजमार्ग अवरुद्ध भएसँगै पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा तथा तराईका जिल्लाहरुबाट यात्रा गर्नेहरु बाटोमै अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बुटवल –तानसेन सडक खण्डको गौडेपुल नजीकै पहिरो आई सडक अवरुद्ध भएकोमा पहिरो हटाउने कार्य तिब्र रुपमा हुदा हुदै पहिरो झर्ने क्रम समेत जारी रहेकोले पुर्ण रुपमा पहिरो हटाउन केही दिन लाग्न सक्ने देखिएको हुदा बैकल्पिक उपाय अपनाउन हुन यात्रु महानुभावहरुलाई अनुरोध गरिएको वनाउनु भयो ।

कहिले सुरङ्गमार्ग र रकनेट भनेर चर्चामा आउने तर बर्षायाममा पहिरोको कारण अवरुद्ध भइरहने सिद्धार्थ राजमार्गको वुटवल तानसेन सडकखण्ड यस बर्षपनी पहिरोले धेरै पटक सडक अवरुद्ध हुदै आएको छ । प्रत्येक वर्ष सरकारले राजमार्गको तानसेन वुटवल सडकखण्डमा करोडौ रकम खर्च गरेपनि सडकको स्तरउन्नती नहुदा पहिरोको जोखिम कायमै रहेको छ । उत्तर दक्षिण जोड्ने गण्डकी प्रदेश र ५न.प्रदेश लाई जोड्ने एकमात्र यस सडकखण्डमा चट्टाने पहिरोका कारण सडक अवरुद्ध हुनेमात्र नभइ , वर्षेनी सवारीका साधनहरु दुर्घटनामा पर्दा धेरै ब्यक्तिले ज्यान गुमाएका छन् ।

वर्षा याम संग सगै माथि बाट माटो रहितको ठुला ठुला ढुंगा खस्दा अवरुद्ध भएको सडकका कारण पाल्पा , गुल्मी स्याङ्गजा पर्वत, वाग्लुङ्ग म्याग्दी जस्ता जिल्लाहरुमा आवगमन मात्र नभइ खाद्यान्न, अत्यावश्कबस्तुको ढुवानी समेत रोकिदै आएको छ । सडकमा क्षमता भन्दा बढि भारवहन युक्त सवारीका साधन गुड्नु , सडक चुरेपहाडको काखमा हुनु ,चुरे पहाडमा अनाधिकृत रुपमा डोजर चलाउनु जस्ता कारणले सडक उच्च जोखिममा परेको हो ।

तानसेन बुटवल सडकखण्डमा दर्जनौ ठाउमा पहिरोको कारण सडक अवरुद्ध हुने गर्दछ । यो वर्ष वर्षायाम सुरु हुनासाथ पहिरोको कारण दैनिक सडक बन्द हुने केही समय खुल्ने क्रम निरन्तर चल्दै आएको छ । तानसेन बुटवल सडकखण्डको गौडेपुल, कालीमाटी, दोभान, सिद्धवावा क्षेत्र सबैभन्दा जोखिम क्षेत्रको रुपमा रहेका छन । पहिरोको कारण मानविय क्षेती हुनसक्ने संभावना औल्याउदै प्रहरी चौकी प्रभासका प्रमुख एक्का बहादुर नेपाली नया नया ठाउमा गएको पहिरो सफा गर्दा गर्दै माथिबाट पहिरोझर्ने क्रम नरोकिदा उच्च जोखिमै कायमै रहेको बताउनु हुन्छ ।

अवरुद्ध सडक समयमै खुलाउन , क्षति कम गराउन डिभिजन सडक कार्यलयले तानसेन वुटवल सडक खण्डमा दुई वटा डोजर संचालन गर्दै आएको जनाएको छ । राजमार्गको उच्च जोखिमका दुइ स्थानको पहिरो पन्छाउनका डोजर स्काभेटर ठाउँ ठाउँमा राखिएको डिभिजन सडक कार्यलय पाल्पाका इन्जिनियर राम विहारी चौधरी बताउनु हुन्छ ।

प्रत्येक वर्ष सरकारले राजमार्गको तानसेन वुटवल सडकखण्डमा करोडौ रकम खर्च गरेपनि सडकको स्तरउन्नती नहुदा पहिरोको जोखिम कायमै रहेको छ । उत्तर दक्षिण जोड्ने गण्डकी प्रदेश र ५न.प्रदेश लाई जोड्ने एकमात्र यस सडकखण्डमा चट्टाने पहिरोका कारण सडक अवरुद्ध हुनेमात्र नभइ , वर्षेनी सवारीका साधनहरु दुर्घटनामा पर्दा धेरै ब्यक्तिले ज्यान गुमाएका छन् । गत वर्ष नै यसै सडक खण्डमा सुरुङ्ग मार्गको चर्चा फेरी सुन्नमा आएको छ । तर यो कहिले पूरा हुने हो र कतिञ्जेल सम्म जोखिमपूर्ण यात्रा गरिरहनु पर्ने हो त्यो भने प्रतिक्षाकै विषय वनेको छ ।