आर्सेनल एफए कपको फाइनलमा प्रवेश

0
Shares

एजेन्सी ।

आर्सेनल इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको साविक विजेतासमेत रहेको सिटीलाई लिग प्रतिस्पर्धी आर्सेनलले २–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यससँगै आर्सेनल प्रतियोगिताको फाइनल पुग्ने पहिलो टोली समेत बनेको छ । यता उपाधिको प्रमुख दावेदार मानिएको म्यानचेस्टर सिटी भने प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ ।

नेपाली समयअनुसार आइतबार बिहान भएको सेमिफाइनल खेलमा प्रिमियर लिगको १०औं स्थानमा रहेको आर्सेनलले दोस्रो स्थानको सिटीमाथि आफ्नो घरेलु मैदानमा एकपक्षीय जित निकाल्दा पियरे इम्रिक अउबामेयाङ नायक बने । टोलीको जितमा दुवै गोल इम्रिकले गरे ।

आर्सेनलका लागि पहिलो गोल खेलको १९औं मिनेटमा आउबामेयाङले निकोलास पेपेको पासमा गरेका थिए । उनको प्रहारले पोलमा लाग्दै पोस्टको दिशा लिएको थियो । त्यसपछि अउबामेयाङले नै खेलको ७१औं मिनेटमा टाइर्नेको पासमा दोस्रो गोल गरेपछि खेलको नतिजा सिटीको हातबाट फुत्किएको थियो ।

सिटीले खेलमा फर्किन ठूलै प्रयास गरे पनि गोल गर्न नसकेपछि नतिजा २–० ले आर्सेनललाई सुम्पियो । यस खेलमा सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सिनियर टोली र दोस्रो टोलीका खेलाडी मिसाएर मिश्रित टोली उतारेका थिए । तर, उनको यो रणनीति आर्सेनलको अगाडी फिका सावित बन्यो ।

यससँगै आर्सेनलले एकै सातामा दुई बलिया टोलीलाई हराएको छ । यसै साता मात्र आर्सेनलले जारी सिजनको प्रिमियर लिगमा उपाधि च्याम्पियन लिभरपुललाई २–१ ले हराएको थियो ।

आर्सेनलका मिकेल आर्टेटाले म्यानचेस्टर सिटीमा व्यवस्थापक पेप ग्वार्डियोलाको सहायक पद छोड्दै यो सिजन आर्सेनल आएका थिए । शनिबार राति उनले ग्वार्डियोलाको रणनीतिलाई माथ दिदै आर्सेनललाई एफए कपको फाइनलसम्म पुर्‍याउन सफल भएका छन् ।

गत डिसेम्बरमा उनाई एमेरीको स्थान लिएका आर्टेटा अब आफ्नो पहिलो सिजनमै आर्सेनललाई प्रमुख उपाधि दिलाउन नजिक पुगेका छन् । आर्सेनलले अगष्ट १ मा हुने फाइनलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीच हुने खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।