अज्ञात समूहले उखेलेर फालेको नेपाल-भारत सीमास्तम्भ पुनः गाडियो


न्युज अफ नेपाल, पर्सा ।

पर्साको ठोरी गाँउपालिका– २ स्थित सुमेरु पहाडमा अज्ञात समूहले उखेलेर फालेको नेपाल भारत सीमास्तम्भ पुनः गाडिएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, ठोरी गाँउपालिकाका जनप्रतिनिधीलगाएत भारतीय सुरक्षाकर्मीहरुको उपस्थितिमा गएराति ९ बजे सीमास्तम्भ गाडिएको हो । ४३६ नम्बरको पिल्लर गाडिएको स्थानभन्दा ५ मिटर भारततर्फको भुभागमा उखेलेर फालिएको थियोे ।

प्रधामन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म ठोरीमा भएका अभिव्यक्ति दिए लगत्तै भारतमा चर्को आलोचना भएको थियो । यस्तै, ठोरीवासीले भने त्यहाँ उत्खनन हुनुपर्ने जनाउँदै धन्यवाद ज्ञापन गरेका छन् ।