न्युज अफ नेपाल, काठमाडौँ ।
आफ्नै श्रीमतीको हत्या अभियोगमा जन्म कैदको सजाय भोगीरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सर्वोच्च अदालतले सजाय घटाइदिएको छ।
कोइरालाले साढे ८ वर्षअघि श्रीमती गीता ढकालको हत्या गरेका थिए । कोइराललो हत्या गरिएकी श्रीमतीको शव प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा लगेर पेट्रोल छर्की जलाएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैद सजाय घटाएको हो ।
हत्या हुनुमा मृतक ढकालकै दोष रहेको बताउँदै सर्वोच्चले कोइरालाको जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना बनाएको छ । श्रीमती ढकालले व्यापारका लागि पैसा मागेपछि चर्किएको विवादका कारण कोइरालालाई रिस उठेको र आवेगमा धकेल्दा मृत्यु भएको भन्दै सर्वोच्चले सजाय घटाएको हो ।
श्रीमतीको हत्यापछि कोइराला २०६८ माघ ८ गते जेल परेका थिए । यस्तै, नयाँ फैसला अनुसार कोइराला यही साउन ८ गते रिहा हुने देखिएको छ ।











प्रतिक्रिया