नेपाल औषधि उत्पादक संघ १८ बुद्धे मागसहित ७ दिनदेखि धर्नामा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल औषधि उत्पादक संघले कोभिड १९ को जटिल परिस्थितिमा पनि आफ्नो ज्यानको परवाह नगरी औषधि उत्पादन र वितरणमा अनवरत लागेको र निरन्तर लागि रहने प्रतिबद्धता सहित सरकारले विगतमा गरेका सहमतिको कार्यान्वयनको १८ बुद्धे माग अघि सार्दै औषधि व्यवस्था विभागमा धर्नामा उत्रेको छ ।

संघले २०७७ असार २९ गते बाट आफ्ना मागहरु सहित धर्नामा उत्रेको छ । कोरोना भाइरसको महामारीले गरिएको लक डाउनको कारण देशनै ठप्प भएको समयमा पनि अत्यावश्यक बस्तु औषधि उत्पादन गरी आजसम्म स्वदेशमा उत्पादित औषधिहरु को आपूर्तिमा कमि हुन दिएका छैनौ र अभाब हुन दिने पनि छैनौ संघका महासचिव विप्लब अधिकारीले विज्ञप्ती मार्फत जानकारी गराउनुभयो ।
हामी स्वास्थ्य सम्बध्द औषधि उधोगीहरु यो विषम परिस्थितिमा पनि धर्ना दिन बाध्य किन भयौ त ?

नेपाल औषधि उत्पादक संघले स्वास्थ्य मन्त्री,मन्त्रालयका बिशिष्ठ पदाधिकारीहरु र औषधि ब्यबस्था विभागका महानिर्देशकलाई भेटेर नै विभिन्न समयमा नेपाल सरकारले गरेका निर्णयको कार्यान्वयन गरिदिन १८ बुदे माग सहित पत्र बुझाइ सकेको थियौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले औषधि परामर्श परिषदको बैठक तत्काल राखी कार्वान्वयन गर्ने बचन दिनु भएको थियो । सोही आधारमा नेपाल औषधि उत्पादक संघले उक्त परिषदको बैठकको लागि आफ्ना मागहरु पनि बुझाइसकेको थियो ।

तर एक्कासी हाम्रा मागहरुलाइ बेवास्ता गरी २०७७ असार २२ गते मन्त्रि स्तरिय निर्णयले स्यानेटाइजर को दर्ता समय तिन महिना थप गरिएकोले हामि बाध्य भएर आन्दोलनमा आउनु परेको हो । २०२९ साल वाट नेपालमा औषधिको उत्पादन शुरु भएको हो । २०५१ सालमा नेपाल सरकारले औषधि नीति तर्जुमा गरि १० बर्ष भित्रमा देशलाई आत्मानिर्भर बनाउने नीति लिएको थियो । तर २०६१ सालसम्म पनि कुनै आत्मानिर्भर बनाउने कार्यक्रम नआएको ले २०६१ साल देखि नै हामी औषधिमा देशलाई आत्मानिर्भर बनाउन सरकारलाई घचघच्याईरहेका छौ । यो आन्दोलन पनि त्यसैको निरन्तरता हो ।

हाम्रा मागहरुः

१. स्यानेटाइजरमा नेपाली औषधी उधोग आत्मनिर्भर भईसकेको हुदा बिना दर्ता र गुणस्तर परिक्षण बिक्रि गर्न दिने निर्णय फिर्ता गराउन ।

२. २०७४।०२।१७ गते स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने एबं औषधीमा आत्मनिर्भर उन्मुख गराउने निति तर्जुमा गर्ने सम्बन्धमा औषधी ब्यबस्था बिभागका निर्देशकको संयोजकत्वमा अर्थ, उधोग, बाणिज्य, स्वास्थ्य तथा स्वतन्त्र अर्थबिद सहितको बिज्ञ समुहले दिएको प्रतिवेदनका आधारमा ३० वटा उत्पादनको कच्चापदार्थ मात्र आयात गर्ने निर्णय गरि मन्त्रालयबाट कार्यान्वयनको लागी कार्यतालिका सहित पठाइएको भएतापनि हाल सम्म कार्यान्वयन गरिएको छैन यसको तत्काल कार्यान्वयन गर्न ।

३. २०७४/०२/१९ गतेको मन्त्रिपरिषदको निर्णयले स्वीकृत प्रबिधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरण सम्बन्धि निर्देशिका २०७४ बमोजिम औषधी ब्यबस्था बिभागले नियमन गर्नेगरि स्वीकृति गरिएको भएतापनि ती सामाग्रीहरुको उत्पादन र नियमनको कुनैपनि कार्यको थालनी हालसम्म पनि गरिएको छैन फलस्वरुप मास्क, निसंक्रमक , पिपिई,कस्मेटिक,भिटियम , खाद्यय परिपुरक लगायत उत्पादन नेपालमै उत्पादन हुनसक्ने भएतापनि उत्पादन अनुमति र प्रोत्साहन गरिएको छैन । यसको तत्काल कार्यान्वयन गर्न ।

४. स्वदेशी औषधी उधोगले कुनैपनि नयाँ औषधीको उत्पादन गर्न चाहेमा उत्पादन अनुज्ञा दिनु पूर्व औषधी सल्लाहकार समिति बाट स्वीकृत लिनुपर्ने तर सोहि औषधी आयात गर्न बिशेष अनुमति र पछि सल्लाहकार समिति बाट अनुमोदन गराउने ब्यबस्था गरिएको छ फलस्वरुप स्वदेशी उधोगले कुनै नयाँ औषधी उत्पादनको अनुमति मात्र लिन पनि बर्षौं कुर्नुपर्ने तर आयात गर्दा तत्काल अनुमति पाइने भएकाले स्वदेशी उधोगलाई भन्दा आयातलाई प्रोत्साहन गरिएको छ । त्यसैले स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको बिकाश गरि देशलाई आत्मानिर्भर बनाउन ।

५. स्वदेशी औषधी उधोगको जीएमपी प्रमाणिकरणको लागी निरिक्षण पश्चात पनि महिनौं सम्म प्रमाणिकरण नगर्ने तर बिदेशी उधोगको हकमा हप्ता दिनमै दर्जनौ उधोगको निरिक्षण गरि प्रमाणिकरण गर्ने गरिएको हुँदा स्वदेशी उधोगहरु निरुत्साहित भएका छन । त्यसैले स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको बिकाश गरि देशलाई आत्मानिर्भर बनाउन ।

६. हालै मिति २०७६/११(/गतेको राजपत्र मा प्रकाशित गरि स्वदेशी उधोगलाई मात्र भार पर्ने गरि कच्चापदार्थको आयात सिफारिसमा समेत दस्तुर लिने गरि असामान्य रुपमा १२ गुणा सम्म बृद्धि गरिएको हुँदा स्पष्ट रुपले आयातलाई प्रोत्साहन गरिएको देखिन्छ । यो निर्णयलाई तत्काल फिर्ता लिन ।

७. बिदेशीले कठिन समयमा औषधी निकासी रोक्न सक्ने तर हाम्रो सरकारले आत्मनिर्भर भईसकेको औषधी आयात रोक्न किन नसक्ने ,त्यसैले नेपालमा सजिलै बन्न सक्ने ,माग अनुसार आपूर्ति गर्न सकिने र मुल्यको सुनिश्चितता भएका उत्पादनहरु तत्काल आयात बन्द गरि नेपालि उधोगको बिकाश र राष्ट्रलाई आत्मानिर्भर बनाउन । हामीहरुमा पनि कमि कमजोरीहरु होलान तर के यो देशमा उधोग खोलेर हामीले गल्ति नै गरेका हौ त ? औषधि उत्पादन गर्ने औषधि बिज्ञ र औषधि बैज्ञानिकहरु स्वदेशमानै उपलब्ध छन् । नेपालमा नै पढेका तिनीहरुले आफुलाई संसार भरि अब्बल साबित गरिसकेका छन । तिनीहरुले स्वदेशमा आफुलाई अब्बल साबित गर्न नपाउने ? देशलाई हामी औषधिमा आत्मानिर्भर बनाउछौ भन्न नपाउने ? हामि औषधि उधोगिले सधै परिक्षा मात्र दिनु पर्ने अनि भुकम्प ,नाकाबन्दी र हाल सालकै कोभिड १९ को कारण भएको लक डाउन नै ,नेपाल सरकारले छातीमा हात राखेर भन्नु पर्यो हामीले कुनै बेला नेपालमा बन्ने कुनै औषधि अभाव हुन दियौ । हामी गर्व साथ् भन्न सक्छौ अभाव हुन दिएको पनि छैन र दिने पनि छैनौ ।

तसर्थ, अन्त्यमा आग्रह गर्दछौ यो हामी आफ्ना लागि मात्र गरिरहेका छैनौ ,यो देशकै लागि गरिरहेका छौ । मानिस केहि दिन अन्न बिना बाच्न सक्ला तर औषधि बिना बाच्न सक्दैन, हतियार चलाएर भन्दा औषधि नपठाएर नेपालीहरु असुरक्षित बनाउनु भन्दा पहिल्यै नै हामी औषधिमा आत्मानिर्भर हुन जरुरी छ र यो हाम्रो लडाई देशको आर्थिक बिकाश र आत्मानिर्भरता को लागि हो, सरकारको बिरोधमा होइन । हाम्रो यस आन्दोलनमा नेपाल आयुर्बेदिका औषधि उत्पादक संघ ,उधोग बाणिज्य महासंघ ,नेपाल उधोग परिसंघ ,औषधि थोक ब्यबसायी संघ (एम्ब्ल् ), ल्एब् ,एज्ब्ल् ,न्एब्ल् ,ज्इक्एब्ल् ,निर्यात ब्यबसायी महासंघ ,कम्प्युटर एसोसिएसन नेपाल ,नेपाल जेम्स तथा ज्वलेरी संघ ,नेपाल कार्गो तथा कुरियर एसोसिएसनले एकबध्दता जनाइसक्नु भएको छ र अन्य संघहरु पनि आउने क्रम जारि रहेको संघले जारी गरेको विज्ञप्तीमा उललेख गरिएकोछ ।