न्युज अफ नेपाल, काठमाडौं ।
सुनसरीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबीच गोली चलेको छ ।
सो झडपमा परी सशस्त्र प्रहरीका जवान जीवराज विशंखेसहित दुईजना घाइते भएको प्रहरीले जनाएको छ । हरिनगरा गाउँपालिका–७ जटबरास्थित दशगजामा भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेको समूहलाई बिओपी घुस्कीबाट खटिएको सशस्त्रको टोलीले नियन्त्रणमा लिन खोजेपछि झडप भएको हो । तस्कर समूहले सशस्त्रको हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर साहजब जट घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट घाइते भएका छन् ।
घाइतको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया