न्युज अफ नेपाल, पर्वत ।
पर्वत जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरामा गरिएको नमुना परिक्षणमा पर्वतको जलजला गाउँपालिकाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या ९५ पुगेको छ । संक्रमित मध्ये अहिले सम्म ८८ जना उपचारपछि घर फर्केका छन । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिनुभयो ।
परिक्षणका क्रममा ५७ जनाको रिर्पोट नेगेटिभ आएको डा। देबकोटाले बताउनुभयो ।











प्रतिक्रिया