पहिरो खस्दा ट्रक पुरियो, एक बेपत्ता


न्युज अफ नेपाल, पाल्पा ।

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शनिवार बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन ८ स्थित गौडेपुल नजिकै पहिरो खस्दा पहिरोले एउटा ट्रक पुरेको प्रहरीले जनाएको छ । शनिबार बिहानै बुटवलबाट स्याङ्जा सामान लिइ हिडेको लु १ ख ११७५ नम्बरको मिनी ट्रक पहिरो जाने स्थानमा फसेको र माथिबाट पहिरो आइ पुरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले सुक्रवार राती १०ः३० बजे गौडे पुलमा पहिरो खसेको बताउनु भयो । उहाले सो स्थानमा रहेका सवारीसाधजन बचाइ ब्याक गर्ने क्रममा सडक किनाराको नालीमा फसेको लु १ क ११७५ नम्बरको ट्रक पूनः पहिरो आइ पुरिएको अवस्थामा रहेको बताउनु भयो ।

माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले डोजर लगाउन सडक सुचार गर्न केही समय लाग्ने उहाले जानकारी दिनुभयो बताए । बिहिबार र सुक्रवार पनि पहिरो सफा गरेको र यो पहिरो खस्ने क्रम नरोकिएकोले जोखिम कायमै रहेको उहाले बताउनु भयो । सिद्धार्थ राजमार्ग अहिले पनि अबरुद्ध छ । वुटवल र तानसेन दुवै तर्फबाट जेसीवी प्रयोग गरी वाटो खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

खोलाले बगायो :

यता पश्चिम पाल्पामा शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका वडा नं. ३, पुट्टाचउर स्थित रिडीखोला तर्ने क्रममा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ८ किमडाँडाका ४० वर्षिय देबबहादुर मुखियालाई खोलाले बगाएको छ ।

उनको अवस्था अहिलेसम्म पत्ता नलागेकाले खोजी कार्य भईरहेको पाल्पा प्रहरीले जनाएको छ । मुझुङ् प्रहरीको टोलीले बेपत्ता मुखियाको खोजी कार्य गरिरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।