झण्डै ८ करोड ठगी गर्ने जिन्दल पक्राउ

0
Shares

काठमाडौ । बिभिन्न बहाना बनाई ७ करोड ८२ लाख ठगी गरेको अभियोगमा मनिष अग्रवाल भन्ने चन्दन जिन्दललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
झापाको दमक बस्दै आएका जिन्दललाई ठगीको अभियागमा जिल्ला प्रहरी कार्यालय बारामा मुद्धा दर्ता भई उच्च अदालत जनकपुरले पक्राउ पुर्जी जारी भएपछि भक्तपुरमा लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको महाशाखाले जनाएको छ ।
बिभिन्न उपनाममा ठगी गर्दै आएका जिन्दलले झापा, बारा, पर्सा, सर्लाहीका २२ जनाबाट ७ करोड ८२ लाख संकलन गरी बेपत्ता भएका थिए ।
पक्राउ परेका जिन्दलले तराईका बिभिन्न खाद्य ब्यापारीबाट उधारोमा खाद्य सामग्री उठाउने र काठमाडौमा ल्याएर सस्तो मुल्यमा बिक्रि गरेर ठगी गर्ने गरेको पनि महाशाखाले जनाएको छ ।
पक्राउ परेका जिन्दलले झापामा भने हार्डवेयर र जग्गा ठगी गरेको पनि महाशाखाले जनाएको छ ।