५ लाख घुस सहित मेयरका छोरा पक्राउ

0
Shares

सुभेन्द्र दास, लहान । ५ लाख घुस सहित सहित कल्याणपुर नगरपालिकाका मेयरका छोरा लगायत दुईजना लाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा बर्दिबासबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लहान नगरपालिका २२ राजदेवी चौक नजिक रहेको एक पेट्रोल पम्पमा घुस रकम लेनदेन गरिरहेकै बेला सन्त मण्डल र जितेन्द्र महतो पक्राउ परेका हुन ।

डिएसपी मधुकुमार थापा को कमान्डमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो सिरहा कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका छोरा सन्त मण्डल र जितेन्द्र महतोलाई रङ्गेहात गिरफ्तार गरेको हो ।

कल्याणपुरका मेयर मण्डलले डिपिआर गरेको भुक्तानी दिन सेवाग्राही संग ५ लाख घुस मागी आफ्नो छोरा सन्त मण्डललाई लहानको राजदेवी चोकमा पठाएको अख्तियार टोलीले दावी गरेको छ ।