सशस्त्रका एसएसपी अधिकारीमाथि बलात्कारको आरोप ?

0
Shares

काठमाडौं । बलात्कार आरोपमा  सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र अधिकारीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।

युवतीको मौखिक उजुरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

बलात्कार आरोप लागेपछि सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख कविन्द्रमान श्रेष्ठ पनि तालिम केन्द्र पुगेर घटनाको बारेमा अनुसन्धान शुरु गरेका छन ।