कोरोना संक्रमणका कारण केएमसी अस्पतालमा मृगौला पिडितको मृत्यु

0
Shares

भगवती तिमल्सिना, काठमाडौं ।

काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) सिनामंगलमा विहीबार राती मृत्यु भएका एक जना निमोनियबाट संक्रमित पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएकोछ ।

गोकर्ण निवासी ५४ बर्षका पुरुष एकसाता अघि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा निमोनियाको उपचारका लागि पुग्नु भएको थियो । उहाँ मृगौलाको बिरामी व्यक्ति भएको र विगतमा पनि सोही अस्पतालमा उपचार गराउँदै आउँनुभएकोले शिक्षण अस्पताल जानु भएको थियो । शिक्षण अस्पतालमा बेड खाली नभएकाले केएमसी रिफर गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डा.मुकुन्दराज जोशीले जानकारी गराउनुभयो ।

डा. जोशीका अनुसार मृतक व्यक्तिलाई पहिलानै कोरोना संक्रमणको आशंकामा छुटटै कोठामा सुरक्षा अपनाएर उपचार गरिदै आएको र थ्रोट स्वाब संकलन गरि परिक्षणका लागि टेकू पठाईएको थियो । रिपोर्ट २६ गते आयो उहाँको मृत्यु २५ गते नै भयो । अस्पतालले बिरामी देखि नै सतर्कता अपनाई उपचार गर्नुका साथै शवलाई पनि कोरोना संक्रमितलाई गर्ने व्यवस्थापनमै राखेकाले आत्तिनुपर्ने अवस्था छैन् । पूर्व तयारी अवस्थामा नै उपचार गरिएको थियो ।

मृत्युपछि सरकारी निकायको शव व्यवस्थापन टीम २६ गते रिपोर्ट प्राप्त भएपछि जानकारी गराईएको भएपनि टीम व्यस्त भएकाले २७ गते बिहान मात्र अस्पतालबाट उक्त टीमले शब उठाएको डा.जोशीले जानकारी गराउनुभयो ।
शबको पशुपति स्थित इलेक्ट्रोनिक शव दाह गृहमा अन्त्यष्टि गरिने सुरक्षा निकायले जनाएको छ । यो सम्म नेपालमा मृत्यु पश्चात कोरोना संक्रमित अर्थात कोरोना संक्रमणका कारण सरकारले मृत्यु घोषणा गरेको संख्या ३६ पुगेको छ ।