खहरेमा डुबेर दुई युवाको मृत्यु


घनश्याम बगाले, नवलपरासी । 

पश्चिम नवलपरासी वनकट्टी स्थित खहरे खोलामा डुवेर शुक्रबार दिउसो दुई युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दघाट नगर पालिका १५ पोटाहाका २० वर्षीय सुधिर विक र १८ वर्षका प्रविन विक रहेको जिप्रका पश्चिम नवलपरासीले जनाएको छ ।

स्थानीय चोरघोल स्थित खहरेमा माछा मार्ने क्रममा खोलाको डिलबाट चिप्लेर प्रविन विक डुवे पछि वचाउन गएका सुधिर पनि डुवेर बेपत्ता भएका थिए ।

माछा मार्दै गरेका अर्का युवा सोहन सुनारले घटनाबारे स्थानीय र प्रहरीलाई खवर गरेर खोजी गर्दा करिव १ घण्टा पछि दुवै जनाको शव घटना स्थल देखि ५ सय मिटर तल फेला परेको थियो ।

प्रहरीले घटना स्थलको प्रकृति मुचुल्का उठाई मृतकको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम परासी स्थित पृथ्वी चन्द्र अस्पतालमा लगिएको जिल्ला प्रहरी प्रवक्ता प्रनाउ राजु लामाले बताउनु भयो ।