काठमाडौँ-गासाइकुण्ड पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न


सरस्वती न्यौपाने (रसुवा) । 

कोभिड-१९ का कारण नेपाल सरकारले चैत्र ११ गते देखि लकडाउन गरेको छ । यस महामारीमा पनि नेपालको पर्यटनलाई सकारत्मक सन्देश दिन काठमाण्डा-गोसाईकुण्ड पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ ।

यही विचमा रसुवा-नुवाकोट पर्यटन समाजले असार १२ देखि १९ सम्म काठमाण्डौको शिव पुरी भएर नुवाकोट हुदै गोसाईकुण्ड सम्मको पदयात्रा मार्गको सम्भाव्यता अध्ययनको हालसालै भ्रमण सम्पन्न गरेको छ । काठमाण्डौको बढा निलकण्ठ स्थित शिवपुरी राष्ट्रिय निकुन्ज हुँदै नुवाकोटका विभिन्न ठाउँ भएर रसुवाको लाङटाङ राष्ट्रिय निकुन्ज भित्रका हिमाल र पाहाड समेटि एका छन् ।

आठ दिनको भ्रमणका लागी छ सदस्यिय टोली गठन गरी पदमार्गको अवस्था, भुगोल मानव, बसोबास र जिवनशैली सहित विभिन्न आकर्षणको विवरण सहित फर्किएका छन् । काठमाण्डौबाट पदयात्रा मा निस्केको टोली शिवपुरी हुँदै सिक्रे, लिखु नेपाने, मानेमन्याङ, समुन्द्रटार, भंगेरी, बाघमारा, राउजुली खुकुरीघार, घ्यार्कुुङ चुली, एक्लेकुण्ड, राजारानी कुण्ड, सस्वतीकुण्ड, भैरवकुण्ड, गोसाईकुण्ड, लौरी विना, सिङगोम्पा, भार्खु, धुन्चे हुँदै पुन काठमाण्डौ लौरी विना, सिङगोम्पा भार्खु धुन्चे हँदै पुन काठमाण्डौ फर्किएको गगनराज न्यौपानेले जानकारी दिनु भयो ।

पद यात्रामा पर्ने गाउँले परिवेश संस्कृति र जिवनशैली रहेका छन् भने शिवपुरी राष्ट्रिय निकुन्ज लामटाङ निकुन्जमा रहेका विभिन्न प्राकृतिक सम्पदा वन जिवजन्तु, हरियाली मनमोहक वातावरण हिमाली फुल लगाएत दर्जना कुण्डहरुमा रमाउन सकिन्छ । नेपाल पर्यटन बोर्डको सहयोगमा रसुवा-नुवाकोट पर्यटन समाजले आयोजना गरेको हो । यस पदयात्राले नेपालकै पर्यटन क्षेत्रलाई केही राहत दिने रसुवा-नुवाकोट पर्यटन समाजका अध्ययन एवम वरिष्ठ पर्यटन व्यवसायी बलराम न्यौपानेले बताउनु भयो ।

नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य तथा वरिष्ट पर्यटन व्यवसायी दिपक महतले भन्नु भयो सरकारले लकडाउन खुकुलो पारेसँगै कोरोना महामारीको विचमा गरिएको अध्ययन भ्रमण न्युनतम सामाजिक दुरी राख्दै र अध्ययन कोभिड—१९ को निर्देशिका पालना गरेर सम्पन्न भएको हो आन्तरिक तथा वाध्य पर्यटकको लागी आकर्षणको केन्द्र हुने रेडपाण्डाको अध्ययन र संरक्षणमा पालिका ले जोड दिएको र पर्यटन विकास तथा प्रवद्र्धनमा स्थानिय सरकारले सकेको भुमिका खेल्ने महतले बताउनु भयो ।