ग्रामिण अस्पताललाई मेडिकल तथा सर्जिकल सामग्री हस्तान्तरण

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

कोरोना भाइरस कोभिड—१९ को माहामारीको समयलाई मध्येनजर गरी जिवजिवे ग्रामिण अस्पताललाई १९ लाख रुपैयाँ बराबरको मेडिकल ताथ सर्जिकल समाग्री हस्तान्तरण भएको छ ।

एसिया अनलुस नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले जिवजिवे ग्रामिण अस्पताललाई आइसोलेसनका लागी आवश्यक पर्ने बोड तथा अक्सिजन ग्यास तथा सिलिण्डर सेनिटाइजर, एन—९५ माक्स सर्जिकल माक्स, एप्रोन, ग्लोब्स, बुट एसिया अनुकुल कार्यक्रम निर्देशक नवराज आचार्यले कार्यक्रम विच कालिका गाउँपालिकाका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीलाई हस्तान्तरण गर्नुभएका हो ।

इटालीमा दर्ता भएको संस्थाले बर्मा, चिन, मंगोलिया र नेपालमा काम गरिरहेको अवस्थामा संस्थाले भुकम्प प्रभावित नौकुण्ड गाउँपालिकामा चार वटा भवन निर्माण समेत गरिसकेको र अहिले पनि कृषि मार्फत स्थानियको जिविकोपार्जन शिक्षा र सरसफाईमा समेत काम गरिएको छ ।

यसैविच कालिका गाउँपालिकाको जिवजिवे र इटपारेमा माक्स तयार गर्ने मेसिन समेत हस्तान्तरण भएको छ । कार्यक्रममा संघिय समाजवादी पार्टीका कृष्ण बहादुर तामाङ , नेपाली कांगे्रसका साधुराम पौडेल र नेकपा जिल्ला सचिवालय सदस्य अर्जुन प्रसाद देवकोटा, कालिका गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रामहरी देवकोटा गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद न्यौपाने, अध्यक्ष सिता अधिकारी समाजसेवी पत्रकार, सुरक्षाकर्मी लगाएतका महानुभावको उपस्थित रहेको थियो ।