आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । संक्रमितमध्ये ८, हजार ११ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२० जना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन्।