ब्राउन सुगरसहित २ युवा पक्राउ


न्युज अफ नेपाल, भद्रपुर ।

लागूऔषध ब्राउन सुगर सहित झापा प्रहरीले २ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका ३ घर भई दमक नगरपालिका १ मा बस्ने २२ वर्षीय दिपेन लिम्बू र माङसेबुङ ३ का १६ वर्षीय रोहण राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार राती ११ बजे उनीहरूलाई ४९ दशमलव १ ग्राम ब्राउन सुगर, नगद ५२ हजार ६ सय ५ रुपैयाँसहित पक्राउ गरिएको थापाले जनाउँनुभयो । पक्राउ परेका दुवै जनालाइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको उहाँको भनाइ छ ।