सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च, ३८ वटा ढोका खोलियो

0
Shares

न्युज अफ नेपाल, विराटनगर ।

सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ ।

पानीको बहाव २ लाख ५६ हजार ६१५ क्युसेक प्रतिसेकेन्ड मापन भएको छ । यस्तै, ब्यारेजको ५६ ढोका मध्ये ३८ ढोका खोलिएको छ ।

यस अघि शुक्रबार बिहान पानीको बहाव २ लाख ७ हजार ७ सय १५ क्युसेक पानी प्रतिसेकेन्ड थियो भने ३० वटा ढोका खोलिएको थियो ।