म्याग्दी पहिरो : ३ को मृत्यु, ३१ बेपत्ता

0
Shares

न्युज अफ नेपाल, म्याग्दी ।

म्याग्दीमा गएको बाढी पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् ।

धौलागिरि गाउँपालिका ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना गरी ३१ जना बेपत्ता भएका छन् ।

घटनास्थलमा उद्दार टोली पुगेको प्रहरीले जनाएको छ ।