ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त


न्युज अफ नेपाल, काठमाडौँ ।

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् ।

आज बसेको सञ्चालक समितिको बैठकले भट्टलाई यहि श्रावण ७ गतेदेखि आफ्नो ४ वर्षीय कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको हो । यसअघि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक, मेघा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालिसकेका छन् ।

CEO appointment _Jyoti Bikash Bank