अभिभावक धम्क्याउने काठमाडौं भ्याली स्कुललाई लिखित स्पष्टीकरण माग

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिका शिक्षा विभागले मनपरी शुल्क असुलेर अभिभावकलाई विद्यार्थी फिर्ता लैजान धम्की दिने छाउनीस्थित काठमाडौं भ्याली स्कुललाई लिखित स्पष्टीकरण सोधेको छ ।

चार दिन अघि अभिभावकले वार्षिक शुल्क , अनलाईन कक्षा र परीक्षा रोक्न माग गर्दै उजुरी दिएपछि स्पष्टीकरण सोधेको हो ।
कामपा शिक्षा विभाग संस्थागत विद्यालय शाखा प्रमुख मोति खनालले लिखित स्पष्टीकरण सोधिएको बताउनुभयो । सो विद्यालयलाई मंगलबार स्पष्टीकरण सोधिएको कामपा शिक्षा विभागले जनाएको छ ।

खनालले भन्नुभयो– ‘हामीले सोधेको प्रश्नको स्पष्ट जवाफ नदिए कानुन कामपा शिक्षा विभागको कानून अनुसार कारबाही गर्नेछौ ।’
उहाका अनुसार सो विद्यालयले परीक्षा र वार्षिक शुल्क वापत ४० हजार रुपियासम्म उठाउने गरेको उजुरी दिएपछि स्पष्टीकरण सोधिएको हो ।

विद्यालयका अध्यक्ष डा.स्वागत श्रेष्ठले अभिभावकलाई विभिन्न किसिमको धम्की दिदै विद्यार्थी लैजान समेत चेतावानी दिएको आरोप छ ।

विद्यालय प्रशासनले चरम ज्यादत्ती गर्न थालेपनि करिब १ सय ३० जना अभिभावकले अनलाईन कक्षा र परीक्षा समेत वहिष्कार गरेका थिए । कामपा शिक्षा विभागले चित्त बुृझ्दो जवाफ नदिए थप कारबाहीको प्रकृया अघि बढाउने जनाएको छ । प्याब्सन काठमाडौंले समेत सो विद्यालयले मनोमानी गरेको बताएको छ ।