नेप्सेमा गिरावट

0
Shares

काठमाडौं, (नेस) ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार शून्य दशमलव ७८ प्रतिशत अर्थात् १० दशमलव ४२ अंकले घटेर १३२६ दशमलव २५ बिन्दुमा झरेको छ।

यस दिन १७९ वटा कम्पनीको २९ लाख ७७ हजार कित्ता शेयर १ अर्ब ७ करोड रुपियाँमा कारोबार भएको छ। बुधबार पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २५ करोड ५७ लाख रुपियाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड १४ लाख रुपियाँ, प्रभु बैंकको संस्थापक शेयरको ६ करोड ३१ लख रुपियाँ एनएमबि बैंकको ४ करोड ४४ लाख रुपियाँको कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार र म्युचुअल फण्ड समूहको सूचक बृद्धि हुँदा अन्य समूहको सूचकमा गिरावट भएकोछ ।