घरबाटै लागूऔषध बिक्री वितरण गरिरहेको अवस्थामा एक पक्राउ

0
Shares

प्रदिप सिंह, लहान ।

सिरहामा अवैध लागूऔषध घरबाटै बिक्री वितरण गर्ने एक जनालाई पूहरीले पक्राउ गरेको छ ।

सिरहाको गोलाकार नगरपालिका वडा नम्वर ४ बस्ने ४२ वर्षिय मनोज कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सुचनाको अधारमा घरबाटै लागूऔषध बिकि वितरण गरिरहेको थाहा पाएपछि साहलाई लागुऔषध डाईलेक्स डिसी ६७ बोत्तल र नाइट्रोभेट ट्याभलेट १६५ पिससहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका साहलाई नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गोकनजार सिरहा ल्याइएको छ ।

पक्राउ परेका साहमाथि थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सुचना अधिकारी बिनोद घिमिरेले बताए।