फेसबुक प्रयोगकर्ताको डाटा चोरी गर्ने २५ एप प्ले स्टोरबाट हटाइयो

0
Shares

न्युज अफ नपाल, काठमाडौं ।

गूगलले २५ वटा एपलाई आफ्नो प्ले स्टोरबाट हटाएको छ ।

सो एपहरुमा मालवेयर (भाइरस) पाइएको थियो । जसबाट फेसबुक प्रयोगकर्ताको लग ईन सहितका डेटा चोरी हुँदै आएको थियो । हटाइएका २५ वटा एप कूल २० लाख प्रयोगकर्ताले डाउनलोड गरेका थिए । यि एपहरु प्राय फाइल म्यानेजर, फ्ल्याश लाइट, वालपेपर म्यानेजर, स्क्रीनशट एडिटर, मौसम सम्बन्धी सेवा दिने आदि रहेका छन् ।

यस्ता एप मोबाइलमा डाउनलोड गरिएको भए तुरुत्न डिलिट गर्न सुझाइएको छ ।