गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या एक हजार ९१ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँका २ र बाग्लुङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जनाएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको हो ।

यससंगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ९१ पुगेको छ ।