रेडियन्ट सिडर्स स्कुलले शिक्षक र कर्मचारीको बीमा गर्‍यो

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

सानेपा स्थित रेडियन्ट रिडर्स एकेडेमीले शिक्षक र कर्मचारीलाई कोरोना बिमा गरेको छ । विद्यालयका कार्यरत १ सय २५ जना शिक्षक र कर्मचारीलाई कोरोना बीमा गरेको छ ।

संस्थागत उत्तरदायीत्व अन्तर्गत विद्यालयले कोरोना बीमा गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल एवं प्याब्सनका सह अध्यक्ष डिके ढुंगानाले जानकारी दिनुभयो । उहाले शिक्षक र कर्मचारीलाई राहत दिन बीमा गरिएको जानकारी दिनुभयो ।

हामीले विद्यालयलाई मात्रै नभै शिक्षक र कर्मचारीको हितको निम्ति शिक्षक र कर्मचारीलाई कोरोना बीमा गरिएको जानकारी गराउदै बीमाको कारण शिक्षक र कर्मचारीलाई थप उर्जा मिलेको बताउनुभयो ।

विद्यालय सञ्चालन नभएको अवस्थामा पनि सबै शिक्षक र कर्मचारीको स्वाथ्यप्रति गम्भीर चासो राखेर सबै शिक्षक र कर्मचारीको बीमा गराएर विद्यालयले आफ्नो उत्तरदायीत्व पुरा गरेको कर्मचारी र शिक्षकको भनाई छ ।

शैक्षिक क्षेत्रमा लामो समयसम्म योगदान गरेको र ललितपुरको उत्कृष्ठ विद्यालयको रुपमा रहेको रेडियन्टले शिक्षक र कर्मचारीको हितको लागि विभिन्न योजना अघि बढाउदै गएको विद्यालयले जनाएको छ । संस्थापक प्रिन्सिपल ढुंगानाले शिक्षक र कर्मचारी सन्तुष्ट भए मात्र विद्यालयले उत्कृष्ट स्थान हासिल गर्न सक्ने भएकोले शिक्षक कर्मचारीकै हित अनुकुल विभिन्न कार्यक्रम आयोजना गरिरहेको जानकारी दिनुभयो ।