धनगढीको जंगलमा दुई युवतीको शव भेटियो

0
Shares

न्युज अफ नेपाल, धनगढी ।

धनगढी उपमहानगरपालिका ७ स्थित बेली जंगलमा दुई युवतीको शव भेटिएको छ ।

सोही स्थानकी १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको शव नजिकै सेल्फास नामक विषादी समेत फेला परेको छ । अनुसन्धानमा दुवैजनाले विष सेवन गरी आत्महत्या गरेको देखिएको छ । मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । उनीहरु समलिंगी रहेको स्थानीयले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।