गत आवमा उपत्यकाभित्र भएको सवारी दुर्घटनामा डेढ सयको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गत आर्थिक वर्षभरी काठमाडौँ उपत्यकामा भित्र भएको सवारी दुर्घटनामा करिब डेढ सय व्यक्तिको ज्यान गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा आर्थिक वर्ष २०७६/०७७ मा भएको सवारी दुर्घटनामा १४५ जनको मृत्यु भएको हो । मृत्युु हुनेमध्ये ११७ पुरुष र २८ महिला छन् । साथै २२९ व्यक्ति गम्भीर घाइते तथा ६ हजार १९५ जनासामान्य घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गत आवमा ६ हजार ६३२ दुईपाङ्ग्रे दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ भने ६ हजार २२० कार, जीप, २ हजार ३३ बस, १ हजार ६३२ ट्रकरटिपर, २६७ माईक्रोबस, १४५ टेम्पो र १३२ अन्य सवारी साधन दुर्घटना भएका छन् ।