सेनाका प्रवक्ता फेरिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली सेनाको प्रवक्ता परिवर्तन हुनु भएको छ ।

सैनिक मुख्यालयका अनुसार सहायकरथी सन्तोषबल्लभ पौडेल नयाँ प्रवक्तामा नियुक्त हुनुभएको हो । उहाँ यसअघि सैनिक मुख्यालयस्थित १५ नम्बर बाहिनीका बाहिनीपति हुनुहुन्थ्यो ।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डे सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिमा सरुवा हुनुभएको छ ।