बझाङमा पहिरोले १७ घर बगायो, ७ जना बेपत्ता

282
Shares

मानबहादुर बोहरा, बझाङ ।

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को एक बस्ती पहिराले बगाएको छ ।

अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराती केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए । उनका अनुसार पहिरामा परि ७ जना बेपत्ता भएका छन् । बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थल तिर प्रहरी टोली पठाईसकिएको जानकारी दिए ।

बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटना स्थल पुग्न सकेको छैन ।