ईनफ ईज ईनफका प्रतिनिधि र सरकारबीच भएको बैठक बिना निष्कर्स टुङ्गियो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

शुक्रबार ईनफ ईज ईनफका प्रतिनिधि र सरकारबीच भएको बैठक बिना निष्कर्स टुङ्गिएको छ ।

सत्याग्रहको ८ औं दिन सरकारसँग बिहान ११:३० देखि साँझ ६:३० सम्म छलफल हुँदा समेत बैठकले निष्कर्स निकाल्न नसकेको ईनफ ईज ईनफका प्रतिनिधिहरुले जनाएका छन् । जागरिकको हितका लागि अगाडि सारिएका विभिन्न बुँदाहरुमा सरकारका प्रतिनिधिहरुले सहमत नजनाएको उनीहरु बताउछन् । सत्याग्रहको तर्फबाट बैठकमा उपस्थित प्रतिनिधिहरूले विभिन्न माग कार्यान्वयनमा गर्न जोड दिएका थिए ।

ईनफ ईज ईनफका प्रतिनिधिले राखेको मुख्य बुँदाहरुमा नै सहमति जुट्न नसकेपछि बैठकको बिना निष्कर्स टुटुङ्गिएको हो ।

यस्तै, बैठकमा संलग्न सरकारका प्रतिनिधिहरुको व्यवहार हेर्दा उनीहरुका माग र अनशनरत व्यक्तिहरुप्रति सरकार बिल्कुलै संवेदनशील नदेखिएको ईनफ ईज ईनफका प्रतिनिधिले जनाएका छन् ।