न्युज अफ नेपाल, कञ्चनपुर ।
शुक्रबार कञ्चनपुरमा एक प्रेम जोडिले नहरमा हाम फालेर आत्महत्याको प्रयास गरेका छन् ।
भीमदत्त नगरपालिका २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र महुलियाकी २२ वर्षीया रेणु चौधरीले नहरमा हाम फालेको प्रहरीले जनाएको छ । रेणुलाई उद्दार गरी अस्पताल पुर्याइएको छ भने राकेश बेपत्ता भएका छन् । बेपत्ता राकेशको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको र आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीले बतायो ।











प्रतिक्रिया