समाचार प्रभाव : अलपत्र सासु बुहारीको उद्दार

0
Shares

सीताराम अधिकारी, धादिङ ।

गल्छी गाउँपालिका वडा नम्बर १ फोसटारबाट अलपत्र अवस्थामा रहेका सासु बुहारीलाई उद्दार गरिएको छ ।

धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ फोसटार स्थित अर्काको घरको आड लागेर बसेका सासु ७९ वर्षीया अमृतकुमारी अधिकारी र बुहारी ५१ वर्षीया यमकुमारी अधिकारीको काठमाण्डौ स्थित नवजिवन परोपकार समाजले उद्धार गरेको हो । गत पुस २३ गते नेपाल समाचारपत्रमा “सहारा खोज्दै दृष्टिविहिन, आमाछोरी जस्ता सासु बुहारी अलपत्र” शिर्षकमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन पछि नवजिवन परोपकार समाजले उनिहरु बसेको ठाउँमा आएर छलफल गरि समाजले संचालन गरेको आश्रममा लैजाने बताएको थियो । कोरोना भाइरसको महामारीका कारण असहज परिस्थित आएपछि भएको बन्दाबन्दीका कारण उद्धार हुन सकेको थिएन । अहिले सहज परिस्थिति भएकोले उनिहरुको उद्धार गरिएको नवजिवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दहालले बताउनुभयो ।

२१ वर्षअघि गजुरी गाउँपालिकाको पिडाबाट फोसटारमा बहिनी अणकुमारीको घर छेउमा सहारा खोजेर आएर बसेका थिए । लामो समयसम्म उनिहरु यहाँ बस्दा आफूसंग भएको नगद सकिएको र बहिनी अणकुमारीको समेत र्हदयघातका कारण मृत्यु भएपछि आफूहरु अलपत्र परेको अमृतकुमारी अधिकारीले बताउनुभयो । उहाँ बुहारी दृष्टिबीहिन भएका कारण बाँकी जिवन कटाउन असहज भएको थियो ।

यतिखेर उनिहरुसंग संघीय सरकारले दिएको सामाजिक सुरक्षा भत्ताका कारण गुजारा गर्दै आएका सासु बुहारी अबको दिन सहज र सहारा पाएको हुने प्रतिकृया दिएका छन् । स्थानीय गाउँपालिका वडा नम्बर १ का कार्यवहाक वडा अध्यक्ष मदनकुमार खतिवडाले गाउँमा सहारा खोजेर राख्ने व्यवस्था नभएको अवस्थामा नवजिवन परोपकार समाजले आश्रममा लगेपछि उनिहरुले परिवार पाउने बताउनुभएको छ ।