गुल्मीमा पहिरोले २ को मृत्यु, १ बेपत्ता, ३३ चौपाया मरे

0
Shares

यमलाल भुसाल, बुटवल ।

अबिरल बर्षाको कारण गुल्मी जिल्लामा आएको पहिरोले पुर्दा र वगाउदा २ जनाको मृत्यु भएको छ ने १ जना वेपत्ता रहेका छन । पहिरोले ३ वटा गोठ बगाउदाँ ९ वटा भैँसी ६ वटा गोरु, १८ वटा बाख्रा , १० वटा कुखुरा बगाएको छ । त्यस्तै एउटा स्कुल समेत बगाएको प्रहरीले जनाएको छ ।

गुल्मी इश्मा गाउँपालिका वडा नं १ बस्ने बसन्त सारुको छोरा १६ महिनाको सुरज भन्ने सिजन सारुको पहिरोले पुर्दा मृत्यु भएको हो ।
सोही स्थानमा बस्ने इश्वरी खत्रीको छोरी बर्ष ८ कि अपेक्षा खत्री पनि पहिरोले बगाउदाँ घटना स्थलवाट १ किलोमिटर टाढा निस्ति खोलामा मृत अबस्थामा सव फेला परेकाप्रहरीले जनाएको छ ।

पहिरोका कारण गुल्मी ईश्मा गाउँपालिका वडा नं १ मल्ली बस्ने बर्ष ९० कि पुतली खत्री सोहीे बर्ष ६४ को टिका खत्री बर्ष ५ को आयुस खत्री बर्ष २७ की इश्वरी खत्री ,बर्ष २१ कि श्रृजना सारू बर्ष २५ को बसन्त सारु घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नाउव उपरिक्षक केदार राज पन्तले बताउनु भयो ।

पहिरोमा परि मुसिकोट न.पा वडा नं २ दर्लुङ बस्ने बर्ष ५५ को भागिरथ घिमिरे बेपत्ता हुनु भएको छ भने मुसिकोट न.पा वडा नं २ हाँडीखोला स्थित घुम्ती पसल अचानक पहिरोले बगाएको छ । पहिरोका कारण गुल्मी मुसिकोट नगरपालिका वडा नं २ रातचौर बस्ने जनक के.सी को घर भत्किन गई क्षति भएकोमा ५ जनाको परिवारलाई स्थानियको घरमा सुरक्षित बसोबासको ब्यबस्था मिलाईएका प्रहरीले जनाएको छ ।
सोही स्थानका चुमान सिंह खत्रीको घर भत्किन गई क्षति भएकोमा ६ जनाको परिवार छिमेकीको घरमा सुरक्षित बसोबासको ब्यबस्था मिलाईएको छ । त्यसैगरि गुल्मी मुसिकोट नगरपालिका वडा नं २ बस्ने टेक बहादुर कार्किको गोठ पहिरोले पुरी गोठमा रहेका ३ वटा भैसी मृत्यु हुनका साथै गोठ पुर्ण रुपमा क्षति भएको छ ।

त्यस्तै अर्जुन बहादुर सिंहको गोठ पहिरोले पुरी गोठमा रहेको १ वटा भैसी र ४ वटा बाख्रा मृत्यु हुनका साथै गोठ पुर्ण रुपमा क्षति भएको छ ।
मुुसिकोट नगरपालिका २ खस्थोक अमराई बस्ने राम बहादुर सुनारको गोठ पहिरोले च्यापि गोठ पुर्ण रुपमा क्षति हुनका साथै गोठमा रहेका ३ वटा भैसी र ७ वटा बाख्रा मृत्यु भएको छ । त्यस्तै ईश्मा गाउँपालिका वडा नं १ बस्ने रन ब। रेग्मीको गोठ पहिरोले बगाउदा २ वटा गोरुको मृत्यु भएको छ ।

राम बहादुर केसीको गोठ र खोर बगाउदा ७ वटा बाख्रा, २ वटा भैसी, २ वटा गोरु, १० कुखुरा, १५० वटा माछा पोखरी सहित बगाई मृत्यु भएको छ । देब कुँवरको गोठ पहिरोले बगाउदा २ वटा गोरुको मृत्यु भएकोछ । तेज बहादुर खत्रीको गोठ पहिरोले बगाउदा १ वटा भैसिको मृत्यु भएको छ । ईश्मा गाउँपालिका वडा नं ३ नयाँपोखरा देखी ढाड जोड्ने भित्री सडक खण्डमा माथिबाट पहिरो गई ४ किलोमिटर बाटो पहिरोको कारण अबरुद्द भएको छ ।

ईश्मा गाउँपालिका वडा नं ४ ढाँड स्थित रहेको कालिका निम्नमाध्यमिक विद्यालयमाथिबाट पहिरो आई स्कुलको ९ वटा कोठा पुर्ण रुपमा भत्कि क्षति भएको छ ।पहिरोका कारण थप १३ घर पहिरोका कारण जोखिममा रहेको प्रनाउ पन्तले बताउनु भयो ।