रुपन्देहीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

0
Shares

यमलाल भुसाल, बुटवल ।

रुपन्देही कञ्चन गाउँपालिका वडा नं.४ भैरबघाट स्थित कञ्चन खोलामा पौडी खेल्ने अर्जुन थापा डुबी बेपत्ता भएका छन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रवार दिउसो साढे २ वजे रुपन्देही कञ्चन गाउँपालिका वडा नं.४ भैरबघाट स्थित कञ्चन खोलामा पौडी खेल्ने क्रममा वार्ड नं.४ बस्ने टेकबहादुर थापाको छोरा लुम्बिनी ज्ञान निकतन मा.बि.कन्चनमा कक्षा ११ मा अध्ययनरत बर्ष १८ को अर्जुन थापा डुबी बेपत्ता भएका जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली पुगी प्रहरी तथा स्थानीय मानिसहरुबाट खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।