निस्दी गाउँपालिकाद्वारा कार्यालय समय लम्ब्याइयो

0
Shares

न्युज अफ नेपाल, पाल्पा ।

कोरोना भाइरस संक्रमणका कारण कार्यालय समयमा भिडभाड हुने गरेकोले सेवाग्राहीलाई थप सहज बनाउन र जोखिम कम गर्न पाल्पाको एक गाउपालिकाले कार्यालय समय थप गरेको छ । गाउँपालिकाद्वारा दिइने सेवालाई प्रभाबकारी बनाउन र योजनाहरुको समयमै भुक्तानी तथा फरफारक गर्नको लागि यहाको निस्दी गाउँपालिकाको कार्यालय पाँच दिन बिहान ७ः३० बजेदेखि खुल्ने भएको हो ।

असार मसान्ती नजिक आउँदै गर्दा कार्यालय समय थप गरिएको गाउँपालिकाले जनाएको छ ।

यही असार १९ गतेबाट २३ गतेसम्म कार्यालय समय थप गरिएको हो । कोरोना भाइरस संक्रमणका कारण कार्यालय समयमा भिडभाड हुने गरेकोले सेवाग्राहीलाई थप सहज बनाउन र जोखिम कम गर्न कार्यालय समय थप गरिएको गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी खनाल अर्यालले बताउनुभयो ।