पाल्पा जेसिजद्वारा पौष्टिक खानेकुरा र मास्क सहयोग

0
Shares

न्युज अफ नेपाल, पाल्पा ।

पाल्पा जेसिजले संस्थाको सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा कोरोनाका कारण संक्रमित भइ तानसेनका दुइवटा आइसोलेशन सेन्टरमा रहेका व्यक्तीलाई सहयोग गरेको छ ।

जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले कोरोना संक्रमण पुष्टि भइ तानसेनमा निर्माण गरिएका विभिन्न आइसोलेशन सेन्टरमा बसेका नागारिक र उनीहरुको व्यवस्थापनमा खटिएका ३५ जनालाई पौष्टिक खानेकुरा र मास्क सहयोग गरेको हो ।

विहिबार जेसिजका पदाधिकारीहरुले तानसेन स्थित युनाइटेड मिसन अस्पताल अन्र्तगत संचालित वृद्धाआश्रममा संचालित आइसोलेशन र तानसेन नगरपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाले संयुक्त रुपमा तानसेन नर्सिङ्ग स्कूलमा निर्माण गरेको आइसोलेशन सेन्टरलाई पौष्टिक आहार र मास्क वितरण गरेका हुन् ।

युनाइटेड मिसन अस्पतालका प्रमुख प्रशासकिय अधिकृत जीवन भट्टराई र नर्सिङ्ग स्कूलका प्रिन्सिपल सकुन्तला थाञ्जुलाई अण्डा, हर्लिक्स, फु्रटी, विष्कुट लगायतका पौष्टिक खानेकुरा र मास्क वितरण गरिएको जेसिजका महासचिव अर्जुन कार्कीले बताउनु भयो ।

आइसोलेशनमा रहेका नागरिकहरुलाई केही भए पनि राहत मिल्लोस् भनेर पौष्टिक खाने कुरा र मास्क सहयोग गरिएको जेसिजका अध्यक्ष मदन गाहाले बताउनु भयो ।

उक्त सहयोग ग्रहण गर्दै मिसन अस्पतालका प्रमुख प्रशासकिय अधिकृत भट्टराई र नर्सिङ्ग स्कूलका प्रिन्सिपल थाञ्जुले विषम परिस्थतीमा पनि जेसिजले देखाएको सहयोग र सद्भाव प्रसंशनिय रहेको भन्दै संस्थालाई धन्यवाद दिनुभयो । संस्थाले आगामी दिनहरुमा पनि  आवश्यक सहयोग गर्दै जाने जनाएको छ ।